एमसीसीको विरोध र धरपकट

लोकपथ
112
Shares

काठमाडौं । सरकारले एमसीसी प्रस्ताव संसदमा पेश गर्ने तयारी गरिरहेको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिएका नेकपा र नेकपा क्रान्तिकारीका नेता कार्यकर्ता । प्रहरीले केही प्रर्दशनकारीलाई धरपकट पनि गरेको छ ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो ।

प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् ।  प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैनलगायत नारा लगाएका छन् ।
प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?