माग सम्बोधन नभएसम्म संसद अवरोध कायम राख्ने एमाले महासचिव पोखरेलको चेतावनी

लोकपथ
119
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदको अवरोध कायमै राख्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि नेकपा एमालेले विभिन्न मागसहित संसद अवरोध गरिरहेको छ । एमालेको अवरोधका बीच संसद चलिरहेको छ ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले आफूहरुले राखेको मागको सम्बोधन नभएसँग संसदीय प्रक्रियामा भाग नलिने बताएका हुन् ।

उनले भनेका छन्, ‘ जबसम्म प्रतिनिधिसभाको अबरोधका बिषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म समसदीय प्रक्रियामा सहभागी हुनेकुरा छैन । भ्रम नछरौ ।’

माघ १६ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?