एमाले नेता माओवादीमा प्रवेश

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा (एमाले) चितवन(काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज तथा प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि चिरञ्जीवी अधिकारी एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट टिका लगाउँदै क्यान महासंघका केन्द्रीय कमिटी सचीव समेत रहेका नेता अधिकारी माओवादीमा प्रवेश गरेका हुन् ।

त्यसैगरी काभ्रेको चौरिदेउराली गाउँपालिका वडा नं ३ का एमाले नेता एवं व्यवसायी रमेश गौतम एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

दुवैलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा थप जिम्मेवारीका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?