एमसीसीबारे गठबन्धनले निर्णय नदिँदा सरकार अलमलमा, धारणा कुर्दै एमाले

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब थालेका छन् ।

सोमबार प्रधानमन्त्री देउवासँग गठबन्धानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन् ।

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले एमसीसीको टुंगो लगाउन दबाब दिएपछि प्रचण्ड र नेपालले त्यसको लागि केही समय माग गरेका छन् ।

एमसीसीको समयावधि सकिन लाग्दा प्रधानमन्त्री देउवामाथि दबाब बढेको छ । सोही क्रममा आवश्यक छलफल गरी
प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नी सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेका छन्।

यसअघि सभामुखले १६ माघमा प्रतिनिधि सभाको बैठक तोकेका थिए । ‘प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेत कै कारण उनले २६ माघलाई संसद बैठक तोकिएका हो।’ स्रोतले भन्यो ।

अमेरिकाले नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने बताएसँगै नेपालमा एमसीसीबारे थप छलफल थालिएको हो ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने गठबन्धनको स्पष्ट धारणा आएपछि एमसीसीबारे आफूहरुले स्पष्ट धारणा व्यक्त गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?