‘कमिसनतन्त्रको पच्छ्यौरीले छोपेकाले ‘सहिद दिवस’ लेख्दा लज्जाबोध भयो’ 

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सदिहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ट्वीट गर्दै उपसभापति गुरुङले सहिदहरुको बलिदानीलाई कमिसनतन्त्रको पच्छ्यौरीले छोपेकाले ‘सहिद दिवस’ लेख्दा आफूलाई लज्जाबोध भएको महसुस हुने गरेको भन्दै कटाक्ष गरेका छन् ।

‘सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको छ’, उनले भनेका छन् ।

यसैगरी उपसभापति गुरुङले सहिदहरुको बलिदानीबाट प्राप्त प्रजातन्त्र/लोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सकेमा मात्रै सहिदहरुप्रति सच्चा सम्मान हुने बताएका छन् ।

उनले भनेका छन्, ‘सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्र/लोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौँ भने बल्ल सहिदहरुप्रति सम्मान हुनेछ।’

आज देशभर विभिन्न समयमा देशमा प्रजातन्त्र ल्याउनका लागि सदाहत प्राप्त गर्ने सहीदहरुप्रति श्रद्धाञ्जली दिएर सहिददिवस मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?