काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन (राप्रविसं) ले शैक्षिक माफियाका कारण नवयुवाहरूको भविष्य धूमिल भएको ठहर गरेको छ ।
शैक्षिक माफियाले शैक्षिक क्षेत्र तहसनहस पारिरहेको भन्दै राप्रविसंले विद्यार्थी र समग्र देशकै भविष्यबारे चिन्ता प्रकट गरेको छ ।
‘मुलुक अहिले विषम परिस्थितिमा फसेको छ । देशलाई यो भूमरिबाट बाहिर ल्याउन केवल राप्रपाले मात्रै सक्ने अवस्था छ,’ राप्रविसंका अध्यक्ष धनसुर शाहीले वैठकमा भने । समावेशी नयाँ नेपाल निर्माण गर्ने भनेर सपना बाँड्ने दल र नेताहरूले जनतालाई झुक्याएको भन्ने उनको जिकिर थियो ।
बैठक राप्रविसंको महाधिवेशन र देशको विषम परिस्थितिमा केन्द्रीत थियो ।
‘हामीले हाम्रो लक्ष्य प्राप्त गर्न पार्टी सफल हुनुपर्छ । पार्टी अध्यक्षको नेतृत्वमा पार्टीलाई सफल बनाउन हामी सबैले सकारात्मक भूमिका निर्वाह गनुपर्छ,’ महासचिव एन्टीसंघर्ष राईले वैठकलाई सम्बोधन गर्दै भने ।
पार्टी र संगठनमाथि आँच आउने किसीमको विषय सामाजिक सञ्जालमा छरपस्ट नगर्न वैठकले सम्पूर्णलाई कडाईका साथ सचेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया