सत्ता गठबन्धन बैठक : भएन सहमति, आन्तरिक छलफलपछि अपराह्न फेरि बैठक बस्दै

लोकपथ
609
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक सकिएको छ । स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको बैठकमा सहमति हुन नसकेपछि आन्तरिक छलफल पछि अपराह्न ४ बजे फेरि बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताक्षसकेका छन् ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।

यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?