राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीजयन्तीमा सरकारले बिदा नदिए सो दिन विरोधका रुपममा कार्यक्रम गर्ने भएको छ । दिएको खण्डमा भने सो दिनलाई उत्सवको रुपमा मनाउने सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
‘राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको सबैलाई विदितै छ । सार्वजनिक बिदा नदिए राप्रपाले देशव्यापी विरोधका कार्यक्रम गर्ने विषय पनि ज्ञापनपत्रमै उल्लेख गरिएको छ’, श्रेष्ठले भने, ‘उक्त दिन सरकारले सार्वजनिक बिदा दिए उत्सवका रुपमा तथा बिदा नदिए विरोधका रुपमा हामी सभा गर्दैछौं ।’
उनले काठमाडौंको भृकुटीमण्डपमा पुस २७ गते बिहान साढे बजे भेला भइ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण सहित सभा गर्ने कार्यक्रम रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया