पुराना वामपन्थी नेता साह रहेनन्

लोकपथ
119
Shares

रौतहटका पुराना वामपन्थी नेता काशीप्रसाद साहको निधन भएको छ । विगत ६ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेका उनको ७९ वर्षको उमेरमा गरुडा नगरपालिका ४ स्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।

साह मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाका व्यवस्थापन समितिका सदस्य पनि थिए। विभिन्न संघसंस्था तथा समाजसेवामा जीवनभर सक्रिय रहेका साहकी बुहारी वीणादेवी साह नेकपा एमालेबाट प्रदेश २ बाट माघ १२ मा हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार रहेकी छन्।

नेता साहको शनिबार नै पारिवारिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?