नेपालमा फैलदैँ कोरोना : थप ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
357
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार देशभर गरिएको १३ हजार २६४ जनाको परीक्षणमा थप ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ९७ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १४ हजार ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २ रहेको छ ।

हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?