उठाइयो जम्बोडाँडामा लुकिछिपी थुपारिएको फोहर

लोकपथ
539
Shares
hDaf]8fF8fsf] kmf]x/ Joj:yfkg sf7df8f}F, @$ k’; -/f;;_ M uf]s0f]{Zj/ gu/kflnsf j8f g+= % l:yt jfUdtL gbL lsgf/sf] hDaf]8fF8fdf n’lsl5kL y’kfl/Psf] kmf]x/ p7fP/ Joj:yfkg ul/Fb} . gbL lsgf/df kmf]x/ kmfNg]nfO{ g]kfn k|x/L, gu/kflnsf, clwsf/ ;DkGg jfUdtL ;Eotf PsLs[t ljsf; ;ldltnufot ;/f]sf/ ePsf lgsfon] sfg”gL sf/afxLsf] k|lqmofdf gn}hfFbf d’xfgb]lv jfUdtL k|b’lift aGg yfn]sf] 5 . tl:a/ M k”0f{k|;fb ld>÷/f;;

काठमाडौं । गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारको जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहरको थुप्रो सफा गरिएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४१९औँ हप्तामा त्यस क्षेत्रमा सफा गरी नदी किनारमा थुपारिएको तीन गाडी फोहर व्यवस्थापन गरिएको हो ।

वाग्मती सुन्दरता सरकोर मञ्चको आयोजनामा भएको सफाइमा त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो । जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहर यसपटकसमेत गरी मञ्चको नेतृत्वमा १२औँ पटक सफा गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

सफाइका क्रममा ९५ प्रतिशत कुहिने फोहर लुकिछिपी फालिएको भेटिएको थियो । पाँच प्रतिशतमात्र नकुहिने फोहर पाइएको जनाइएको छ । फोहरलाई घरमै वर्गीकरण गरे कौसीखेतीमा उपयोग गर्न सकिने भए पनि चेतनाको अभावमा सडक र नदी किनारमा फालेर दुर्गन्धित बनाइएको छ । नदी किनारमा प्लाष्टिक बालेर वायु प्रदूषण बनाउने क्रम बढ्न थालेको छ । फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने अधिकार नगरपालिका र प्रहरीलाई भए पनि अहिलेसम्म कार्यान्वयन नगर्दा सडक, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहरको थुप्रो बढ्दै आएको छ ।

आजको सफाइपछि जम्बोडाँडा क्षेत्रमा वडाले सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको जानकारी पनि दिइएको छ । सिसीटिभीसँगै प्रहरी र नगर प्रहरीसमेत राखेर लुकिछिपी फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने तयारी गरिएको पनि वडाध्यक्ष नारायण बहादुर सुवेदीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?