संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौं : महत्तो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् । 

विराटनगरको विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै महत्तोले सरकारमा सहभागी हुनु पूर्व सरकारले आफूहरुको सर्त पूरा गर्नुपर्ने अडान लिएका छन् । उनले भने, ‘संविधान संशोधन, आन्दोलनकारीहरु माथि लगाइएको मुद्दा, जेलमा रहेका सांसद रेशम चौधरीको बारेमा सरकारको धारणा स्पष्ट हुनुपर्छ ।’ 

राजपा नेपालले सरकारलाई समर्थन दिएकै छ, अब सरकारले काम गरेर देखाउन बाँकी नभएको अवस्थामा सरकारमा सहभागी हुन मिल्दैन । 

मधेस आन्दोलन मधेसी जनताको समस्याको उपज भएकोले देखाउने दाँत भनेर भ्रम नपाल्न आग्रह गर्दै महतोले मधेसका समस्या समाधान नभएसम्म मुलुक सम्वृद्ध हुन नसक्ने ठोकुवा गरे ।

मधेसी नागरिकाको जनादेश भएकोले उनीहरुको अपेक्षा पूरा नहुञ्जेलसम्म लालबाबु राउत नेतृत्वको सरकारलाई राजपाको पूर्ण समर्थन रहने उनको भनाई थियो । महतोले राजपा कार्यकार राष्ट्रपतिको पक्षमा नभएको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?