अाजदेखि मन्त्रालयगत बजेट छलफल शुरू

काठमाडाैं : अागामी अार्थिक बर्ष २०७५/७६ को मन्त्रालयगत बजेट छलफल अाज (अार्इतबार) देखि शुरू हुँदैछ । ११ बजेदेखि शुरू हुने मन्त्रालयगत बजेट छलफल असार १ गतेसम्म चल्नेछ । 

शनिबारबाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बजेट छलफल गर्ने कार्यतालिका संसद सचिवालयले तयार गरेको छ । असार १ गतेसम्म सवै मन्त्रालयहरूको बजेट छलफल सक्ने र त्यसपछि विभागीय मन्त्रीहरूले जवाफ दिएपछि बजेट संसदले बजेट पारित गर्नेछ । अागामी बजेट साउन १ गतेदेखि कार्यान्वयनमा अाउनेछ । 

मन्त्रालयगत बजेट छलफलको पहिलो दिन अाज सञ्चार तथा सूचना प्रविधी, खानेपानी, कृषि भूमी व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि बिनियोजित बजेट र कार्यक्रममाथि सदनमा छलफल हुँदैछ । सरकारले अागामी अार्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?