माओवादी महाधिवेशनमा चित्रकथा : जनयुद्धको स्मरणदेखी शान्ति सम्झौतामा हस्ताक्षरसम्म

लोकपथ
105
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन हिजोबाट प्रज्ञा भवनमा सुरु भएको छ । आज माओवादी केन्द्रको बन्दशत्र प्रज्ञा भवनमा सुरु हुने भनिएको छ ।

प्रज्ञा भवनको मूल गेटबाट भवन जाने बाटोको देब्रे तर्फ जनयुद्धका केही तस्बिर संग्रह राखिएको छ । उक्त तस्बिरमा माओवादी जनयुद्ध देखी शान्ति सम्झौतामा हस्ताक्षरसम्मको तस्बिर राखिएको छ ।

जनयुद्धको स्मरण गर्दै माओवादी केन्द्रले उक्त चित्रकथा राखेको हो ।

११ बजेबाट बन्दसत्र सुरु हुने भनिए पनि शीर्ष नेताहरु अझै पुगेका छैनन् । प्रतिनिधिहरुभने बन्दसत्रमा जाँदै छन् ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्द शत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?