काठमाडाैं । केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टीको राष्ट्रिय सम्मेलन तयारीको विषयमाथि छलफलका लागि केही बेरअघि बैठक सुरु हो ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।
पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेस गर्ने बताउँदै आएका छन् ।
त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् । सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले बैठक बोलाएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया