र्इरानको पक्षमा उभियो कतार

सिंगापुर : अमेरिका र र्इजरायलले र्इरानमाथि युद्दको तानावाना बुनिरहँदा खाडी क्षेत्रमा एक्लिएको मुलुक कतारले र्इरानको पक्षमा बोलेको छ । 

हाल सिंगापुरमा भर्इरहेको अन्तरराष्ट्रिय सुरक्षा सम्मेलनमा बोल्दै कतारी रक्षा मन्त्री खालिद विन मोहम्मल अल-अतियाले दुर्इ देशबीच अनेकाैं मतभिन्नता रहेको, तर दोहाले र्इरान विरोधी गतिविधीलार्इ प्रोत्साहन नगर्ने बतार्इदिएका छन् । 

र्इरान एक छिमेकी मुलुक रहेकाले यस क्षेत्रको विवादमा अमेरिका या र्इजरायललार्इ निम्त्याउनु मूर्खता भएको अतियाले प्रतिक्रिया दिएका छन् । र्इरानलार्इ कमजोर पार्न तेस्रो पक्ष या शक्तिराष्ट्रलार्इ खाडी क्षेत्रमा निम्त्याउँदा त्यो निकै खतरनाक हुने पनि उनले बताएका छन् । 

हाल साउदी अरेबियाले खाडी क्षेत्रका दुर्इ मुलुक र्इरान र कतारमाथि नाकाबन्दी लगार्इरहेको छ । क्षेत्रीय प्रभुत्वका हिसाबले र्इरानसँग उसको परस्पर प्रतिष्पर्धा छ भने पछिल्लो समय कतारले हासिल गरेको समृद्दिलार्इ रोक्न साउदी अरेबियाले जोरजुलुम गरिरहेको छ । कतार सन् २०२२ को विश्वकप फुटबल अायोजक राष्ट्र पनि हो । 

कतारी रक्षा मन्त्रीले अाफ्ना हवार्इ शैन्य अखडालार्इ कुनै हालतमा बाह्य शक्तिले थोपर्ने युद्दका लागि प्रयोग हुन नदिने बताएका छ । अाफुमाथि केही खाडी मुलुकले लगाएको अार्थिक नाकाबन्दी गैरकानुनी र अन्यायपूर्ण भएको कतारले दाेहो-याएको छ । 
 

खाडी राष्ट्रहरूसँगको तनावलार्इ मत्थर पारी मुलुकको सामरिक क्षमता बढाउन कतारले रसियासँग एस-४०० हवार्इ रक्षा प्रणााली खरिद गर्न लागेको छ । तर, यो हतियार खरिद गरे कतारमाथि शैन्य कारबाही गर्ने धम्की साउदी अरेबियाले दिएको छ । साउदीले फ्रान्सेली राष्ट्रपति र्इमानुयल म्याक्रोँलार्इ कतारले खरिद गर्न लागेको यो हतियार प्रकरणमा हस्तक्षेपकारी भूमीका खेल्न भनेको गोप्य सूचना फ्रान्सेली सञ्चारमाध्यममले सार्वजनिक गरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?