संसदमा फेरि गर्जिए गगन थापा

काठमाडौं । कांग्रेस सांसद गगन थापाले बहुमतको सरकारले ल्याउने बजेट १० वर्षको मार्गदर्शन गर्छ कि भन्ने अपेक्षा भएपनि बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको धारणा राखेका छन् । 

संघीय संसदका आजको बैठकमा भाग लिँदै उनले सरकार एक वर्षे परीक्षणकालमा रहेको र त्यसपछि आफूले प्रतिवेदन पेश गर्ने बताए । 

अर्थमन्त्रीले बजेट बनाउँदा साहस गर्न नसकेको भन्दै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका नाममा बजेट छुट्याउनु गलत भएको बताए । 

उनले पुजिँगत खर्चमा सार्वजनिक खरिदको कुरा पुरानै भएको भन्दै बजेट संगतिपूर्ण बनाउने कुरामा पनि चुकेको बताए । 

संसदमा प्रतिपक्षी कमजोर रुपमा प्रस्तुत भएको भनिँदै आएको बेलाा गगन भने कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?