नेपाली काँग्रेसको पार्टीको १४ औं महाधिवेशनबाट खुलातर्फको केन्द्रीय सदस्य पदमा ३५ उम्मेदवार विजयी भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरको अन्तिम मतपरिणामअनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले पाएका छन् । यस्तै ३५ औं नम्बरमा कृष्ण किशोर घिमिरे रहेका छन् ।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि गन आइतबार निर्वाचन भएको थियो भने आज पार्टी कार्यालयमा खुलातर्फको मतगणना सकिएको हो । खुलातर्फ ९९ उम्मेदवार प्रतिस्पर्धामा थिए भने ४६ जना केन्द्रीय सदस्य बन्नबाट बञ्चित भए ।
यी हुन् ३५ विजयी नेता
खुला केन्द्रीय सदस्यमा विजयी हुनेहरुमा शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिप छरिङ लामा, अर्जुननरसिंह केसी, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहन बहादुर बस्नेत, सुनील बहादुर थापा, नैनसिंह महर, दिलेन्द्र प्रसाद बडु, डा रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्र राज पाण्डे, पद्म नारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, मदन बहादुर अमात्य, अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्ण किशोर घिमिरे रहेका छन् ।
मतपरिणाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया