एमसीसीको विपक्षमा रहेका विभिन्न ६ वटा कम्युनिस्ट पार्टीले आन्दोलनको घोषणा गरेका छन् । यसअघि नै आन्दोलित रहँदै आएका ती कम्युनिस्ट पार्टीहरुले पुस ६ गते काठमाडौंलगायत देशभर विरोध प्रदर्शन र विरोध सभा गर्ने घोषणा गरेको हो।
आन्दोलित दलमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, ऋषि कट्टेलको नेकपा, वैधानिक समाजवादी पार्टी रहेका छन् । यस्तै देशभक्त गणतान्त्रिक मोर्चा र जनमोर्चा पनि त्यसमा आवद्ध छ ।
ती दलले जारी गरेको विज्ञप्तिमा पुस ६ गतेको संसद बैठकबाट जसरी पनि एमसीसी पारित गराउने प्रयासमा सरकार लागेको आरोप लगाउँदै यसविरुद्ध उभिन आह्वान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया