३५९५ मतगणना : शशांक कोइराला नै शीर्ष स्थानमा, कसले कति मत पाए ?

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार साँझसम्म ३५९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

३५९५ मत गन्दा शशांक कोइराला नै शीर्ष स्थानमा छन् । ३५९५ मत गन्दा उनले हालसम्म २९४० मत प्राप्त गरेका छन् । त्यसैगरी, दुई नम्बरमा एनपी साउद छन् । उनले २२६१ मत प्राप्त गरेका छन् भने एनपीलाई पछ्याइरहेका गृहमन्त्री बालकृष्ण खाँडले २२०७ मत प्राप्त गरेका छन् ।

गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?