काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
टुंगो लागेको नामहरुमा स्वास्थ्य मन्त्रालयमा उपेन्द्र यादव र शहरी विकास मन्त्रालयमा मोहम्मद इस्तियार राइन हुन् । उनीहरुको आजै सपथ गराइने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गर्ने छन् । यो सँगै प्रधानमन्त्री ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया