काठमाडौ । नेपाली काँग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । बिहीबार मध्यरातमा सम्पन्न मतगणनामा खड्का र गुरुङ विजयी भएका हुन् । उनीहरु मध्ये खड्का शेरबहादुर देउवा प्यानलका हुन् भने गुरुङ शेखर कोयराला प्यानलका हुन्।
उपसभापतिको चुनावमा ७ जना उम्मेदवार रहेका छन् काँग्रेसको विधानअनुसार २ जना निर्वाचित भएका हुन्।
काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको पछि बुधबार रातिदेखि उपसभापतिको गणना सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया