नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापतितर्फको जारी मतगणनामा धनराज गुरुङले सर्वाधिक मत पाएर अग्रता बनाइरहेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा २३०० सय मत गन्दा उपसभापतिका उम्मेदवार धनराज गुरुङले ९६० मत पाएका छन् भने डा चन्द्र भण्डारीले ८७०, पूर्ण बहादुर खड्काले ८४०, मत तथा विजयकुमार गच्छदारले ६६० मत पाएका छन् । अन्य उम्मेदवारले पाएको मतको विवरण प्राप्त हुन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया