१४ दिन पनि टिकेन नेकपा अन्डरलाइन पार्टी !

काठमाडौं । पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको मुन्तिर अन्डरलाइन गरिएको नाम अब नरहने भएको छ ।  पार्टी एकताको १४ दिनपछि सो पार्टीले नाम परिवर्तन गर्ने भएको छ । 

तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि गठन गरिएको पार्टीको नाम अब परिवर्तन गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्न लागिएको  पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । 

निर्वाचन आयोगले पूरानो  नाममा  दल दर्ता गर्न अस्वीकार गर्दै नाम परिवर्तन गर्न सुझाव दिएपछि नेकपा अनडरलाइनले नाम परिवर्तन गर्ने निर्णय भएको पार्टी स्रोतले जनाएको छ । 

नेम्वाङले पनि पार्टी एकतापछि निर्वाचन आयोगसँग निरन्तर छलफल र बहस गर्दा नाम फेर्न सुझाव आएपछि सो निर्णयमा पुगिएको बताए । 

नाम परिवर्तनका लागि आवाश्यक कागजपत्रसहित आजै (बिहीबार) निर्वाचन आयोगमा पुगेर नाम परिवर्तनको प्रकृया अघि बढाउने तयारी सो पार्टीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?