कांग्रेस सभापतिको निर्वाचनमा बदर मत घट्यो

लोकपथ
28
Shares

नेपाली कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणमा भएको मतदानमा बदर मत कम भएको छ । पहिलो चरणमा भएको मतदानमा ७६ मत बदर भएकोमा दोस्रो चरणमा ३५ मत मात्रै बदर भएको छ ।

यस्तै मत पनि दोस्रो चरणमा कम खसेको छ । पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेकामा दोस्रो चरणमा ४६२३ मत खसेको छ । जसमा कांग्रेस सभापतिमा शेर बहादुर देउवा २७३३ मतका साथ विजयी भए भने डा. शेखर कोइराला १८५५ मतका साथ पराजित भए ।

मंगलबार भएको दोस्रो चरणको मतदान मंगलबार सम्पन्न भएको थियो भने मतगणनाको नतिजा बुधबार बिहानै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?