प्रधानमन्त्री अोली असार ५ गते चीन जाने

काठमाडाैं : प्रधानमन्त्री के.पी. शर्मा अोली असार ५ गते उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । अोली ५ दिनसम्म चीनमा रहनेगरि भ्रमण तालिका तय गरेर चीनका लागि नेपाली राजदुत लिलामणी पाैडेल बेर्इजिङ फर्किएका हुन् ।

नेपालका प्रधानमन्त्रीको चीन भ्रमण कार्यक्रमलार्इ बुधबार नै दुर्इ देशका अधिकारीहरूले अन्तिम रूप दिएका छन् । तर, नेपाल सरकारले भने अोलीको चीन भ्रमणबारे अाैपचारिक जानकारी दिएको छैन । 

राजदुत पाैडेलले बेर्इजिङमा प्रधानमन्त्रीको भ्रमण तयारी थालेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । चीन भ्रमणका क्रममा अोली सिचुवानसम्म पुग्ने बताइएको छ । भ्रमणमा चीनसँग द्विपक्षीय अन्तरदेशीय कनेक्टिभीटी बढाउन रेलसञ्जाल विस्तार लगायतका परियोजनामा हस्ताक्षर हुनसक्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 

पहिलोपटक प्रधानमन्त्रीको हैसियतमा रहँदा अोलीले २०७३ चैत ३० गते चीन भ्रमण गरेका थिए । सो भ्रमणक्रममा पारवहनलगायतका महत्वपूर्ण सम्झाैताहरूमा हस्ताक्षर भएको थियो । भारतले नाकाबन्दी लगाएर दुख दिएपछि चीनसँग भएको सो सम्झाैतालगत्तै अोलीले प्रशस्त लोकप्रियता कमाएका थिए ।

अोली चीन गएपछि चिनियां राष्ट्रपति या प्रधानमन्त्रीले पनि नेपाल भ्रमण गर्नसक्ने देखिएको छ । 

३ फागुनमा दाेस्रोपटक प्रधानमन्त्री निर्वाचित भएका अोलीले भारत भ्रमण गरिसकेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको तीर्थाटन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?