उपेन्द्र यादवले मन्त्री छान्ने

काठमाडौं । संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको  नाम टुग्यांउने जिम्मेवारी सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।  

आज सिंहदरबारमा बसेको फोरम नेपाल संसदीय दलको बैठकमा मन्त्रीको विषयमा भएको छलफलमा कसलाई सरकारमा पठाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा अध्यक्ष यादवलाई सो जिम्मेवारी दिइएको हो । 

फोरम नेपालले दुई वटा मन्त्रालय र एउटा राज्यमन्त्री पाएको छ । अध्यक्ष यादवको नेतृत्वमा पार्टी सरकारमा जाने निश्चित भएको छ भने बाँकी दुई जनाको नाम भोली टुंगो लगाएर भोलि नै सपथ गराउने सम्भावना रहेको स्रोतले जनाएको छ ।  

फोरम नेपालले स्वास्थ्य जनसख्या मन्त्रालय र शहरी विकास मन्त्रालय पाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?