सफलताको यात्राः ड्रग युजर केटो यसरी बने बाराक ओबामा !

“यदि तिमी सही बाटो हिँडिरहेको छौ र तिमी त्यही बाटो हिँडिरहन चहान्छौ भने तिमी अवश्य सफल हुन्छौ ।”

…………………………..

यो भनाई सन् २००८, नोभेम्बर ४ मा नर्वाचित अमेरिकाका प्रथम एफ्रो–अमेरिकन राष्ट्रपति बाराक ओबामाको हो । आफ्नो राष्ट्रपतिय पदको दुई कार्यकाल पूरा गरी अवकाश लिएका ओबामा अहिले आफ्नी पत्नी मिचेल ओबामा सँग मिलेर विभिन्न सामाजिक कार्यमा सरिक छन् ।

सोही क्रममा ओबामा दम्पतीले हालै ‘नेटफ्लिक्स’ सँग केही वर्षका लागि विभिन्न कार्यक्रम, चलचित्र, वृत्तचित्र आदि निर्माण गर्ने सम्झौता गरेको छ ।  ओबामा अमेरिकाको अहिले सम्मकै सर्वाधिक लोकप्रिय राष्ट्रपति मानिन्छन् । 

गरिबी र अभावका बीचमा सन् १९६१ मा अमेरिकाको होनोलुलु नाम गरेको विकट गाउँमा जन्मेको कालो जातिको एक सामान्य बालक देखि विश्वकै शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपति हुन्जेल ओबामाले वाधा अड्चनका असङ्ख्य चूली पार गरे । 

किशोरावस्थामा लागू पद्धार्थ सेवनमा समेत संलग्न भएका ओबामा तयसबाट निस्केर निस्केर,पढाईलाइ अगाडि बढाउँदै, एक अमेरिकी राज्यको सिनेट देखि पूरै अमेरिकाको राष्ट्रपति बन्न सफल भए । उनी आज अमेरिकाको मात्रै नभएर विश्वकै प्रशंसनीय नेताका रुपमा आफूलाई स्थापित गरेका छन् । अन्य देश सँगको कूटनीतिक सम्बन्ध सुधार साथै विश्वव्यापी एकता र साम्ञ्जस्य कायम गरेकोमा ओबामालाई विश्वकै सबैभन्दा सम्मानित ‘नोबेल पुरस्कार २००९’ ले समेत पुरस्कृत गरिएको छ ।

सानैदेखि तीक्ष्ण दिमागका धनी ओबामा किशोरावस्थामा लागू पद्धार्थ सेवनमा समेत संलग्न भएका थिए । त्यस कूलतबाट निस्केर,पढाईलाइ अगाडि बढाउँदै, एक अमेरिकी राज्यको सिनेट देखि पूरै अमेरिकाको राष्ट्रपति बन्न सफल ओबामाले आज अमेरिकाको मात्रै नभएर विश्वकै प्रशंसनीय नेताका रुपमा आफूलाई स्थापित गरेका छन् । 

अन्य देश सँगको कूटनीतिक सम्बन्ध सुधार साथै विश्वव्यापी एकता र साम्ञ्जस्य कायम गरेकोमा ओबामालाई विश्वकै सबैभन्दा सम्मानित ‘नोबेल पुरस्कार २००९’ ले समेत पुरस्कृत गरिएको छ । 

ओबामा एक सफल राजनीतिज्ञ साथ साथै एक सफल श्रीमान तथा एक सफल पिता पनि मानिन्छन् । उनले आफ्नी कान्छी छोरी साशा ओबामालाई उसको ‘समर भ्याकेसन’मा एउटा सामान्य क्याफेमा काम गर्न लगाएर आफ्नो उच्च विचारधाराको उदाहरण दिएका छन् । 

ओबामाका केही उल्लेखनीय कार्यहरु :

  • आप्रवासीहरुको सम्मान । उनले सदैव आप्रवासी मैत्रीनीतिअवलम्बन गरेको पाइन्छ । उनले अमेरिकालाई ‘आप्रवासीको घर’ भनेर सम्बोधन गरेका छन् ।
  • उनले अमेरिकामा समलैङ्गिक विवाहलाई कानूनी रुपमा अनुमोदन गरे ।
  • ईराक युद्धको अन्त्य । ओसामा बिन लादेनको पक्राउ र हत्या उनकै निर्देशनमा भएको थियो । 
  • उनले भ्रूण सेल अनुसन्धानको विस्तार गरे, जसले स्पाइनल ईन्जुरी, क्यान्सर आदि जस्ता रोगको क्षेत्रमा उल्लेखनीय नतिजा ल्यायो । 
  • अमेरिकाको स्वास्थ्य नीतिको सुधार । जस अन्तर्गत करिब दुई करोड अमेरिकी जनताको स्वास्थ्य बिमा सुनिश्चित भयो ।
  • अमेरिकाको बेरोजगारी सङ्ख्या १०. ५ बाट ४.७ ५ मा झर्यो । 
  • विभिन्न जात, भाषा, धर्म, राष्ट्रियता भएका व्यक्तित्वलाई अमेरिकाको विशिष्ट क्षेत्रमा समावेश गरे ।

ओबामा एक सफल राजनीतिज्ञ साथ साथै एक सफल श्रीमान तथा एक सफल पिता पनि मानिन्छन् । उनले आफ्नी कान्छी छोरी साशा ओबामालाई उसको ‘समर भ्याकेसन’मा एउटा सामान्य क्याफेमा काम गर्न लगाएर आफ्नो उच्च विचारधाराको उदाहरण दिएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?