काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेर सरकारमा जाने तयार भएको संघीय समाजवादी फोरमले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह १२ बजे बस्दै छ ।
बुधबार सिंहदरबारमा बस्ने बैठकले सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउने बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीसँग भएको सहमतिअनुसार संघीय फोरमले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया