महाधिवेशन रौनक : प्रकाशमान र आरजुले एक अर्कालाई मागे भोट

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनले देशको केन्द्रीय राजधानीको माहोल तातेको छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुसँग उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

भोग माग्ने क्रममा सभापतिका उम्मेदवार प्रकाशमान सिंह र केन्द्रीय सदस्यकी उम्मेदवार डा. आरजु राणाबीच भेट भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सिंह र राणाबीच भेट भएको हो । दुवैले एक अर्कालाई नमस्कार गरिरहेको तस्बिर सार्वजनिक भएको छ । राणाले सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवारी दिएकी हुन् । उनी प्रधानमन्त्री समेत रहेका सभापति देउवा पत्नी हुन् ।

सभापति देउवाले आफ्नो पूरै टिम बनाएर चुनावी मैदानमा रहेका छन् । भने सिंहले उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मासहित सदस्यहरुको प्यालन बनाएर उम्मेदवारी दिएका हुन् ।

तस्बिर : युपी लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?