काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उम्मेदवारी फिर्ता लिने समय थप गरिएको छ ।
बिहान ११ बजेसम्मका लागि पूर्वनिर्धारित कार्यतालिका रहेको थियो । तर दुई पटक समय थप गरिएको छ ।
पहिले ११ बजेबाट १ घण्टा समय थप गर्दै १२ बजेसम्मका लागि समय तोकिए पनि पुनः ३० मिनेट थप गर्दै १२ः३० बजेसम्मका लागि समय थपिएको निर्वाचन समितिले जनाएको छ ।
बिहान ११ बजेसम्म २३ जना केन्द्रीय सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया