नेपाली कांग्रेसले भन्यो : ‘गणतन्त्र स्थापनामा विप्लवको भूमीका छ’

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गणतन्त्र स्थापनामा नेत्र विक्रम चन्द 'विप्लव' को भूमीका स्मरण गर्न सत्ताधारी कम्युनिष्ट पार्टीहरूलार्इ सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कांग्रेस नेता शर्माले व्यवस्थासँग असन्तुष्ट भनिएका विप्लवसँग संवाद शुत्र पहिल्याउन प्रधानमन्त्री के.पी. शर्मा अोली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललार्इ अाग्रह गरेका हुन् । 

''विद्रोहमा रहेको कम्युनिष्ट पार्टीलार्इ पनि विश्वासमा लिने योग्यता राख्नुस्, संसदीय गणतन्त्र र समृद्दि यात्रा नै बलियो बनाउँछ,'' शर्माले ट्वीटरमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?