काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबारको लागि उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ । बिहान ११ बजेसम्मका लागि छुट्टयाइएको समयसीमा १ घण्टा थप गरिएको छ ।
निर्वाचन समितिले आइतबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तय गरेकामा एक घण्टा थप गरेर १२ बजेसम्म पुर्याइएको हो ।
हालसम्म २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दलित तर्फबाट मीन विश्वकर्मा र प्रदेश २ को भुगोलबाट जंगीलाल रायले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । रायले उम्मेदवारी फिर्ता लिएसँगै
आनन्द ढुंगाना र रमेश रिजाल कांग्रेसको निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
शनिबार पदाधिकारीसहित १३४ जनाको लागि ५४८ जनाको उम्मेदवारी परेको थियो । आज नै अन्तिम नामावली सार्वजनिक गरिनेछ । भने भोलि बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया