काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
बिहान ११ बजेसम्म मनोनयन फिर्ता लिने समयसीमा छुट्टयाइएकोमा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएका छन् । त्यससँगै ढुंगाना र रिजाल निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार दुवै जना प्रदेश नं २ अन्तर्गत खुलाबाट निर्विरोध निर्वाचित भएका हुन् ।
शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह सवा १२ बजे सार्वजनिक गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया