काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिनु परेको बताएका छन् ।
पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता सिंहले पार्टीलाई विधिसम्मत, नियम सम्मत र संस्थागत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका हुन् । उनले महाधिवेशनमा दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्नो प्यानलनै विजयी हुने दावी समेत गरे । नेता सिंहले भने, ‘मेन कुरा के हो भने पार्टीलाई विधिसम्मत, नियमसम्मत संस्थागत गर्ने । पार्टीलाई सुद्धीकरण गर्न, पार्टीलाई सुदृढीकरण गर्नका लागि मैले उम्मेदवारी दिएको हो । दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्ना प्यानलनै विजयी हुनेछ ।’
नेता सिंहले १३ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर अरु नेताहरुलाई अवसर दिएकाले यस पटक आफूलाई सहयोग गर्न विश्वास समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया