काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डा.शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार दिउँसो राष्ट्रिय सभा गृह पुगेर सभापतिमा कोइरालासँगै उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले पनि मनोनयन दर्ता गरे । त्यस्तै महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापाले मनोनयन दर्ता गरेका हुन् ।
त्यसैगरी सहमहामन्त्रीमा त्यसैगरी सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया