देउवाद्वारा सभापति पदका लागि उम्मेदवारी दर्ता

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराएका थिए। उनी सभागृह पुग्दा उनका समर्थक नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए। उनको साथमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरू सभागृह पुगेका थिए ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता जारी रहेको छ । यसैगरी उपसभापतिमा दिव्यश्वरी शाह, महामन्त्रीमा डा. प्रकाशरण महत, डा राजाराम कार्की र प्रदीप पौडेलले पनि मनोनयन दर्ता गराउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?