उम्मेदवारी दर्ता गराउन राष्ट्रिय सभागृह पुगे देउवा

लोकपथ
0
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा अर्को कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराउनका लागि पुगेका छन् ।

शनिबार साढे ४ बजे उनी उम्मेदवारी दर्ता गराउनका लागि टीमको फाइनल गरेर राष्ट्रियसभागृह पुगेका हुन् ।

बालुवाटारमा बसेको देउवा पक्षको बैठकले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको नाम फाइनल भएको छ । देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला हुनेछन् ।

यसैगरी देउवा टीमबाट सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने भएका छन् । यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लागेको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?