सिंहको प्यालनबाट विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी दर्ता

लोकपथ
5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए ।

महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन् ।

अहिले राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गराउँदै आफू सिंहको टिममा रहेको घोषणा गरेका हुन् । त्यस्तै सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेवारी दर्ता गराएकी छिन् भने अन्य पदाधिकारीको नाम टुंग्याउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?