महामन्त्री शशांकले गराए केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वकीय सचिव भरत तिवारीको वारेसनामामार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि शशांक सभापतिकै आकांक्षी रहेका थिए तर रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार तय नभएपछि उनी सभापतिको रेशबाट पछि हटेका थिए ।

यसैबीच डा. शेखर कोइरालाले प्यानल बनाउँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै शशांक असन्तुष्ट बनेका थिए ।

टीम बनाउदा आफूसङ्ग सल्लाह नगरेको शशांकको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?