गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी दर्ता

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गगनकुमार थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेता थापाले राष्ट्रिय सभा गृहमा पुगेर शेखर कोइराला टिमबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

शुक्रबार अवधारणापत्रसहित उम्मदेवारी घोषणा गरेका छन् ।

त्यस्तै कोइराला टिमबाट डा.मिनेन्द्र रिजालले पनि महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार हुने मतदानका लागि उम्मेदवारको मनोनयन हुने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?