केयूका एक हजार ४४९ विद्यार्थी दीक्षित हुने

लोकपथ
77
Shares

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त मङ्सिर २९ गते गरिने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार सुबोध शर्माका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षमा हुने कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा पङ्कज मित्तलको प्रमुख आतिथ्यता रहने छ ।

यसवर्ष दीक्षित हुने विश्वविद्यालयका स्नातक र स्नताकोत्तर तहका गरी एक हजार ४४९ विद्यार्थीमध्ये मानविकी सङ्कायका २३४, शिक्षाशास्त्र सङ्कायका १०४, इञ्जिनियरिङका २९, कानुन सङ्कायका ४०, व्यवस्थापन सङ्कायका ४१९, मेडिकल साइन्सका ५८१ र साइन्सका ४२ रहेको रजिष्ट्रार शर्माले बताए । त्यस्तै १२ जनालाई पिएचडी र ३० जनालाई एमफिलबाट दीक्षित गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?