कोभिड–१९ को संक्रमण घटेपछि यो वर्ष प्रत्यक्ष वैदेशिक लगानी स्वीकृति लिने बढेका छन्। उद्योग विभागका अनुसार चालु आवको पहिलो साढे चार महिनामा नेपालमा करिब ३० अर्ब रूपैयाँ लगानी गर्न विदेशीले अनुमति लिएका छन्।
गत वर्षको तुलनामा करिब १० अर्ब रूपैयाँ प्रतिबद्धता बढेको छ। चालु आवको मंसिर १५ सम्म एक सय २० परियोजनाका लागि २९ अर्ब ८५ करोड रूपैयाँ लगानी स्वीकृत भएको छ। गत आव २०७७/७८ को सोही अवधि (मंसिर १५ सम्म) मा १९ अर्ब ८५ करोड रूपैयाँ लगानी स्वीकृत लिएका थिए।
गत एक वर्षमा ३२ अर्ब रूपैयाँ विदेशी लगानी स्वीकृत भएको भए पनि यो वर्ष ६ महिना नहुँदै करिब ३० अर्ब रूपैयाँ लगानी स्वीकृति लिनुलाई सकारात्मक रूपमा लिइएको छ। कोभिड संक्रमण घटेकाले यो वर्ष विदेशी लगानी स्वीकृति बढेको उद्योग विभागका निर्देशक सुरेश श्रेष्ठले बताए। नागरिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया