काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभर ८ हजार ६ सय १७ जनाको परीक्षण गर्दा २३८ जनाको पीसीआर र २७ जनामा एन्टीजेन पुष्टि भएको हो । त्यसैगरी देशभरबाट थप ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ९ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार५ सय ४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ६ हजार ३ सय ८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया