गरिमा विकास बैंकको ऋणपत्र आजबाट बिक्री खुला

लोकपथ
143
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज (बिहिबार)देखि एक अर्ब बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका अवधिका लागि प्रतिकित्ता १००० रुपैयाँम अंकित मूल्यका १ अर्व रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले ‘गरिमा डिवेन्चर २०८५’ नामक ऋणपत्र निष्काशन गरेको हो ।निष्काशन गरिने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसैगरी, ६० करोड रुपैँया बराबरको ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले आजदेखि छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा पुष १ गतेसम्म हुनेछ । इक्रा नेपालले बैंकलाई ICRANP RI BBB- क्रेडिट रेटिङ प्रदान गरेको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?