त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन १५ किलो सुन समातियो

लोकपथ
896
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट काचो सुन ल्याउनेहरुलाई कडाइ गरेको छ ।

५० ग्रामसम्म काचो सुन ल्याउन पाउनेमा विदेशबाट विभिन्न माध्यम प्रयोग गरि सुनका बालाहरु ल्याउने गरेपछि विमानस्थलले कडाइ गरेको हो । सो क्रममा बुधबार राति विमानस्थलमा १५ किलो १६ ग्राम सुनको बाला संकलन गरिएको छ ।

बुधबार विदेशबाट आएका मध्ये ३२६ यात्रुबाट सो परिणामको सुन बरामद गरिएको विमानस्थल भन्सार विभागले जनाएको छ । त्यस्तै बुधबार मात्रै विदेशबाट आएका ४ सय १० जनाले भने ल्याएको सुनका बाला भन्सार तिरेर लगेका थिए ।

बुधबार मात्र भन्सार विभागले तोकिएको मापदण्ड भन्दा बढी सुन ल्याउनेहरुबाट १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?