काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले ४४१ सदस्यीय केन्द्रीय कमिट अनुमोदन गरेको हो । दुई पार्टी एकीकृत भएर बनेको नेकपाको ४४१ सदस्यीय केन्द्रीय समिति बनाउने तय भएको छ ।
जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० केन्द्रीय सदस्य रहनेछन् । बैठकले संगठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाउने निर्णय पनि गरेको छ ।
सो समितिमा महासचिव विष्णु पौडेल, नेताहरु देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै संगठनात्मक काम गर्न सहजीकरणका लागि पूर्वघटकका इन्चार्ज र सह इन्चार्जको समिति पनि बनाउने निर्णय भएको छ भने सम्बन्धित पूर्वघटकका जबस मोर्चाका इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय पनि भएको छ ।
यस्तै दुई पार्टी कार्यालय कसरी प्रयोग गर्ने भन्नेमा दुई पार्टीका अध्यक्षलाई बैठकले जिम्मा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया