सिरहा । लामो समयदेखि नेतृत्वविहीन रहेको नेपाल विद्यार्थी संघ सिरहाको अध्यक्षमा मोहम्मद मुस्ताक चयन भएका छन् । नेविसंघका सहमहामन्त्री एवं केन्द्रीय प्रतिनिधि माधव ढकालले मुस्ताकलाई अध्यक्षमा चयन गरेका हुन् ।
विगत लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको सिरहा नेविसंघको अध्यक्षतामा मुस्ताक चयन भएसँगै जिल्ला कार्यसमिति विस्तार गर्न र संगठनमा आवद्ध सम्पूर्ण विद्यार्थीहरुको भावनालाई आत्मसाथ गर्दै संगठनलाई अझ बलियो बनाउन मद्दत पुग्ने सहमहामन्त्री ढकालले विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै नेविसंघका अर्का सहमहामन्त्री राजेश रौनियारले मुस्ताकको नेतृत्वले नेविसंघलाई आगामि दिनमा अझ सशक्त तरिकाले अगाडी बढाउन उपयुक्त हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया