नेकपा सचिवालय बैठक बलुवाटार जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । 

आइतबार तत्कालिन एमाले र माओवाली केन्द्रले आ–आफ्नो भागमा परेका केन्द्रयी सदस्यको टुंगो लगाएपछि यसलाई अनुमोलदन गर्न बालुवाटारमा बैठक बसिरहेको हो । 

४४१ केन्द्रीय कमिटिमा एमालेबाट २४१ र माओवादीबाट २ सय जना रहने सहमती भएको थियो । 

त्यस्तै एमालेले पुरानो कमिटिमा ४५ जना थप्दै भागमा परेका सदस्यको नाम टुंगो लगाएको थियो भने ४ हजार केन्द्रीय सदस्य रहेको माओवादीलाई भने नाम कटौती गर्दै २ सयमा झार्न अप्ठेरो परेको थियो ।

सचिवालय बैठकले स्थायी समिती सदस्यको समेत टुंगो लगाउने नेताहरुले दाबि गरेका छन् । 

त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको समायोजन लगायत पार्टी मुख्यालय समेत टुंगो लगाउने बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?