बिरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषद बैठक आजबाट बिरगंजमा शुरु हुँदैछ । आज जेठ ७ गतेबाट तीन दिनसम्म चल्ने केन्द्रीय परिषद बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए ।
पराजुलीका अनुसार बैठकमा विभिन्न ५ प्रतिबेदनहरु पेश हुनेछन् । पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले संगठन सम्बन्धि प्रतिबेदन ,प्रबक्ता भुबन पाठकले प्रशिक्षण सम्बन्धी कार्ययोजना,केन्द्रीय सदस्य डा.बिष्णु भण्डारीले निर्वाचन समिक्षा सम्बन्धी प्रतिबेदन र गोबिन्द खँनियाले बिधान संशोधन सम्बन्धमा तयार गरिएको बिधान मस्यौदा प्रस्तुत गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । देशभरबाट प्रतिनिधिहरु बिरगंज आईसकेको र करिब ६ सय ५० प्रतिनिधिहरुको सहभागीता रहने पार्टीका सचिवालय हेर्ने नेता भास्कर भद्राले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया